Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन् । 

शुक्रबारबाट राजधानीमा सूरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलनमा अन्तिम वक्ता रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यक्रममा नआएपछि थापाले सो कुरा बताएका हुन् । 

Advertisement

प्रधानमन्त्री नआउनु भएको हुनाले आज अन्तिम वक्ता भए, हिजो (फागुन २५) गते पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताको रुपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको होकी ? भन्ने लागेको उनको तर्क छ । 

थापाले राजनीतिज्ञहरुलाई अर्थशास्त्रीय दृष्टिकोण बुझाउने काममा लाग्न पनि आग्रह गरे । उनले मुलुकको अर्थतन्त्रबारे राजनीतिज्ञहरुलाई बुझाउनुको साटो अर्थशास्त्रीहरुले गाली गर्ने गरेको गुनासो पनि गरे । 

थापाले भने, ‘आज प्रधानमन्त्रीजी अरु केही व्यवस्तताका कारण आउन पाउनु भएन । हिजो सभागृहमा यस्तै कार्यक्रम थियो । मेरो पार्टी सभापति बस्ने कुर्सी त्यहाँनिर थियो । पार्टी सभापति आईपुग्नु भएन । त्यसपछि अन्तिम वक्ता म भए । आज प्रधानमन्त्री आईपुग्नु भएन । अन्तिम वक्ता म भए । सब्सिच्यूट भईराख्या छु । त्यो रियल हुने बाटोतिर गएको हो कि भन्ने कुरा राख्न चाहन्छु ।’

महामन्त्री थापाले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि अर्थशास्त्रीहरुले यथार्थमा आधारित भएर सुझाव दिनुपर्नेतर्फ पनि सचेत गराए । 

Advertisement

Advertisement