उपराष्ट्रपतिमा चार उम्मेदवार, आन्तरिक विवादका कारण सत्ता गठवन्धनबाट तीन जना

Advertisement

काठमाडौं । उपराष्ट्रपतिमा सत्ता गठवन्धनका दलहरुबाट तनि जना र विपक्षी दलबाट एक जनाको उम्मेदवारी परेको छ । विपक्षी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् । 

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको हो भने जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएकी छन् । 

Advertisement

प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् ।

त्यस्तै रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी छन् भने समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहनेका छन् ।

यता झाको प्रस्तावकमा जनमत पार्टीका अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेका छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, बसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् ।


शाकयको प्रस्तावकमा अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् ।
उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।

Advertisement

Advertisement