दाहाल र माधव नेपालले विदेशीको दलाली गरेको आरोप

उपराष्ट्रपति निर्वाचनमा १० दलीय गठबन्धनले जालझेल गर्न खोज्योः ओली

Advertisement

काठमाडौं  नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले उपराष्ट्रपति निर्वाचनमा १० दलीय गठबन्धनले जालझेल गर्न खोजेको बताएका छन् । 

शनिवार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकमा उनले उपराष्ट्रपति निर्वाचनमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको बताए । राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको भन्दै ओलीले संविधानको मर्म राष्ट्रपति र उपराष्ट्रपति फरक फरक समुदायको हुनुपर्ने नभएको बताए । 

Advertisement

उनले भने, ‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र धेरै ठाउँमा, ७५३ वटा पालिकामा अल्टरनेट गर्नुपर्ने प्रमुख÷उपप्रमुख । यो गरेका छौँ । सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने । राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्ने । अब राष्ट्रपतिमा समस्या आइराखेको छ । राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा दश दलीय गठबन्धन जुन छ, त्यो त महिला बिरोधी छ । स्थानीय तह निर्वाचनमा पनि उनीहरुले कानून छले । त्यो कानून छलेको कुरो कमसेकम राजनीति र राजनीतिक अनुहार फैसलामा नहेर्ने हाम्रा न्यायिक निकायहरु वा निर्वाचन आयोग भएको भए त्यो कुरा सदर हुन सक्दैनथ्यो । तर त्यस्तो भइदिएन ।’

अध्यक्ष ओलीले एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलीय गठबन्धन बनाएका टिप्पणी गरे । यद्यपी गठबन्धनभित्र अनेक प्रकारका जालझेल र प्रपञ्च भएको उनको भनाई छ । ओलीले भने, ‘उनीहरु किन एकजुट हुन्छन् भन्दा तिनीहरु एकैतिर बसेर पनि एकैतिर फर्केर पनि बसेका छैनन् । चारैतिर, दशतिर फर्केर बसेका छन् । यताबाट एमालेले हान्छ कि, यता बाट हान्छ कि ? त्रास छ क्या तिनीहरुलाई । कताबाट भ्याउँछ । हामीले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएका छौँ । एउटा अष्टलक्ष्मी शाक्यसँग लड्न अब ९ पार्टीकोले पुगेन, आज फेरि अर्को थपियो । १० पार्टी बनाए, अष्टलक्ष्मी आउनुभयो, मा¥यो । गाह्रो छ । आउ भाइ हो सबै मिलेर लडौँ भनेर । त्यहाँ जालझेल, प्रपञ्च अनेक प्रकारका छन् । अन्तिममा हामी एकातिर अरु एकातिर भएरै लडाइँ हुने हो । किनभने एक्लै लड्ने कुनै आँट गर्दैनन् । हामी एक समयको एउटा राष्ट्रपति, एक समयको एउटा प्रधानमन्त्री आवधिक कुरामा मात्रै हेरिराखेका छैनौँ ।’

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दक्षिणपन्थको नांगो दलाली गरेको बताए । दाहाल र नेपालले कम्युनिष्ट पार्टीका उम्मेदवारलाई राष्ट्रपति बन्न नदिएको उनले बताए । 

ओलीले भने, ‘माधव नेपालले भर्खरै भाषण गरे । प्रचण्डजीले राष्ट्रपति मलाई हुनु भनेर प्रश्ताव गर्नुभएको थियो, मैले मानिनँ काँग्रेसलाई नै बनाउनुपर्छ भनेर मैले प्रश्ताव गरे भनेर उहाँले आफैँले भन्नुभएको छ । वामपन्थीले राष्ट्रपति जित्नु हुँदैन भनेर प्रचण्ड डाको छोडेर ठाउँ–ठाउँमा रोएको त तपाईहरुले देख्नै भएको छ । डाको छोडेर रोएका छन् उनी । वामपन्थी राष्ट्रपति हुनै दिनु हुँदैन । देश खत्तम हुन्छ । माधव नेपालले भनेको सुन्नुभयो होला, एमालेको राष्ट्रपति भयो भने त देश ध्वस्त हुन्छ । यो नांगो दक्षिणपन्थी र दक्षिणपन्थताको दलाली हो । भइरहेको वामपन्थी शक्ति आफ्नो पार्टी फुटाएर, ध्वस्त बनाएर, घरमा आगो लगाएर अनि त्यो खरानी पनि लगेर बिरोधी, विपक्षीका पाउमा मैले घर डढाएर यति खरानी हजुरको पाउँमा चढाउन ल्याएको छु भनेर पाउमा चढाउन जाने जस्तो घिनलाग्दो कुरो अरु के हुन्छ ? त्यही गरे ।’

Advertisement

Advertisement