सत्ता गठवन्धनभित्र कुरा नमिल्दा उपराष्ट्रपतिमा चारै जना उम्मेदवार, फाइदा अष्टलक्ष्मीलाई हुनसक्ने

Advertisement

काठमाडौं । उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । आइतवार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि चार जनाकै उम्मेदवारी कायम रहेको हो । 

उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए । 

Advertisement

सत्तारुढ गठवन्धनभित्र उक्त पदका लागि हानथाप हुँदा उपराष्ट्रपति विपक्षी नेकपा एमालेबाट उम्मेदपार रहेकी शाक्यले जित्नसक्ने कतिपयको अडकल छ । आज आइतबार उम्मेद्वारहरुले नाम फिर्ता लिने समय अपरान्ह ४ बजेसम्म रहेकोमा कसैले पनि फिर्ता लिन नमानेपछि चारै जनाबीच प्रतिस्पर्धा हुने स्थिति सिर्जना भएको हो । 

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । 
 

Advertisement

Advertisement