पौडेलले लिए राष्ट्रपति पदको सपथ, विदा भईन भण्डारी

Advertisement

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथपछि निवर्तमान राष्ट्रपति विद्या भण्डारीले आफ्नो कुर्सी पौडेललाई हस्तान्तरण गरेकी थिइन् । प्रधानमन्त्री पुष्पकमल दाहालले निवर्तमान भएकी भण्डारीलाई सरकारका तर्फबाट उपहार दिएर बिदाई गरे । 

Advertisement

भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा भएकी हुन् । उनलाई छोड्न पौडेल गाडीसम्मै पुगेका थिए ।

बुढानीलकण्ठस्थित निर्माणाधिन आफ्नो निजी निजी निवासमा मर्मतको काम पूरा नभएकाले भण्डारी छोरीको निवासमा गएकी छन् । पौडेलले सपथ लिँदा र भण्डारी बिदाई हुँदा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो ।

Advertisement

Advertisement