बालेनको प्रस्ताव– पहिला नेपालको सभ्याता जोगाउँ, त्यसपछि लिपुलेक, लिम्पयाधुरा जोगाउँला

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले भएका सभ्यताहरुको जगेर्ना गर्नेकुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । 

बुधवारबाट शुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा उनले केन्द्र सरकार नकिटिदिँदा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने बताए । बालेन शाहले कामनपाले वागमती सभ्यता जोगाउन पहल गरिरहेको र सरकारले यसमा सहज बनाइदिनुपर्ने बताए । 

Advertisement

पहिला भएका सम्पत्ति र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिने उनको भनाई छ । शाहले भने, ‘केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई असहज हुने गरेको छ । धेरैकुरा जोडिएको छ । वागमती सभ्यता जोगाउन खोज्दैछौँ । यो मान्छेभन्दा अघिको सभ्यता हो । त्यसको लागि हिजो मात्रै अनुरोध गरेका थिएँ, पहिला भएका सम्पती जोगाउँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला ।’

मेयर शाहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभई पालिकापालिकामा छ भन्ने अनुभुति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए । उनले न्याय भनेको केन्द्रमा मात्रै पालिका पालिकामा छ भन्नेकुरालाई वास्तविकतामा उतार्नपर्ने बताए । 

बालेनले न्याय माग्न ११ दिन काठमाडौं महानगरपालिकामा हिँडेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘साँच्चिकै सरकार भनेको सिंहदरबारमा मात्रै नभएर पालिकापालिकामा छ, न्याय भनेको केन्द्रमा मात्रै होइन, पालिका पालिकामा छ भन्नेकुरालाई आगामी दिनहरुमा वास्तवमा नै अभ्यास गर्न सकियोस् । न्याय माग्न ११ दिन काठमाडौं महानगरपालिकामा हिँडेर आउन नपरोस् ।’ 

शाहले थपे, ‘आफ्नै पालिकामा यस्ता न्यायहरु समाधान होस् । यसका लागि तपाईहरु जिम्मेवार पनि हुनुहुन्छ । तपाईहरु प्रमुख भुमिकामा हुनुहुन्छ । सरकार छ भन्नेकुराको बोध गराउने भनेकै न्याय हो । पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राख्नुभयो भने साच्चिकै मेरै घर परिवारमा सरकार छ भन्ने अनुभुति हुन्छ ।’

मेयर शाहले पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राखेर घर, परिवारमा नै सरकार छ भन्ने अनुभुति जनतालाई दिन सक्नुपर्ने बताए । 

Advertisement

Advertisement