पूर्वको आन्दोलनमा मृत्यु भएका लिम्बूलाई शहीद घोषणा गरी क्षतिपूर्ति दिने निर्णय

Advertisement

काठमाडौं । सरकारले कोशी नामाकरणको बिरोध र जातीय पहिचानको नामाकरणको माग गर्दै पूर्वमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद्् बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको उनले बताइन् । 

Advertisement

शर्माले भनिन् ‘कोशी नामाकरण सन्दर्भमा भएको आन्दोलनको क्रममा पदमबहादुर लिम्बूूको निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका लिम्बूलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ । नामाकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’
 

Advertisement

Advertisement