नदी अतिक्रमणकारी हटाउन गृहले साथ नदिएपछि बालेन रुष्ट, अब सिंहदरबारको फोहोर नउठ्ने

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अब नेपालको प्रशासनिक केन्द्र सिंहदरबारभित्रको फोहोर पनि नउठाउने घोषणा गरेका छन् । 

वागमती अतिक्रमणकारीलाई हटाउने शुक्रबारको आफ्नो प्रयासमा गृह मन्त्रालयले फेरि पनि प्रहरी पठाउन नमानेपछि बालेन रुष्ट भएका हुन् । उनले शनिबार बिहान कटा टिप्पणी गर्दै सिंहदरबारको फोहोर पनि नउठाउने घोषणा गरेका हुन् । 

Advertisement

उनले भनेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ 

यसअघि पनि थापाथलीमा वागमती अतिक्रमणकारीलाई हटाउन खोज्दा उनीहरुबाट उल्टै आक्रमण भएको तर प्रहरीले साथ नदिएपछि बालेन रुष्ट भएका थिए । 

Advertisement

Advertisement