पर्यटनमन्त्रीद्धारा पर्यटन सद्‍भावना दूतहरुको नियुक्ति खारेज

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यसअघि नियुक्त भएका सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज गरिदिएका छन् । 

पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ स्वीकृति गर्दै उनले सोही कार्यविधिअनुसार मात्रै पर्यटन दूतहरु नियुक्त गर्ने निर्णय गरेका छन् । यसबाट यसअघि मन्त्रालयले नै बोलाएर दूत नियुक्ति भएका धेरै पर्यटन दूतहरु पदमुक्त भएका छन् । 

Advertisement

अवैतनिक यस्ता सद्‍भावना दूत नियुक्त भई आफ्नो प्रतिष्ठा र व्यवसाय बढाउन धेरै लालयीत हुने गर्छन् । यसरी नियुक्त भएका कतिपय व्यक्ति पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिएका मात्रै नभएर राजनीतिक र आर्थिक प्रभावमा नियुक्त हुने पनि देखिन्छन् । 

Advertisement

Advertisement