तनहुँ– १ का उम्मेदवार भट्टराईको योजना– मेडिकल कलेज स्थापनादेखि निःशुल्क बिजुलीसम्म

Advertisement

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ बाट सत्तारुढ गठवन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार गोविन्द भट्टराईले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । 

उनले पाँच वर्षभित्र सबै घरमा खानेपानी र बिजुली पुर्याउने, मेडिकल कलेज स्थापना गर्नेदेखि गरिवलाई निःशुल्क खानेपानी र बिजुलीको योजनासहितको घोषणापत्र सार्वजनिक गरेका हुन् । 

Advertisement

भट्टराईले सबै पालिकाबाट घर घरमा सेवा दिन आवश्यक व्यवस्था समेत पाँच वर्षभित्र हुने प्रतिवद्धता जनाउँदै तनहुँमा एउटा सरकारी मेडिकल कलेजको स्थापनालाई प्राथमिकतामा राखेर निर्माणको लागि पहल गर्ने बताएका छन् । तनहुँमा प्रसुती, क्यान्सर, मृगौला वा बालरोगसम्बन्धी विशिष्टिकृत अस्पतालसमेत स्थापना गर्ने भट्टराईको योजना छ । 

जिल्लाको यातायात पूर्वाधार विकासमा विशेष जोड दिँदै उनको शालिग्राम करिडोर, दमौली घुमाउने बुद्धसिंह मार्ग, त्रिशुली करिडोर आदिलाई पाँच वर्षभित्र स्तरोन्नती गरिसक्ने, व्यास र पुलिमराङ मार्ग, घाँसीकुवा अँधेरी भञ्ज्याङमार्ग, छिम्केश्वरी मार्ग, केशवटार मार्ग आदिलाई पनि पाँच वर्षभित्र स्तरोन्नती गर्ने, व्यास भूमिलाई त्रिवेणीधाम र भारतसँगको व्यापार नाकासँग सहजरुपमा जोड्न बुद्धसिंह मार्गमै जोडेर द्रुतमार्ग निर्माण गर्ने उनको योजना छ र 

नेता भट्टराईले जिल्लाको उत्तर–दक्षिण जोड्ने स्तरीय सडकलाई समेत प्राथमिकतामा राखेको बताउँदै पर्यटकीय थलोहरु तनहुँसुर, पुलिमर्याङ, थानीको थान, चोक चिसापानी, सिङचाङगढीको विकाससँगै वेदव्यासको प्रतिमा पनि प्रतिस्थापन समयमै सकाउने बताएका छन् । 

तनहुँलाई सुन्तला र बाख्राको केन्द्रका रुपमा स्थापना गर्न विशेष कार्यक्रम ल्याउने उनको प्रतिवद्धता छ । भट्टराईले जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने र तनहुँका जलविद्युत आयोजनाको शेयर हरेक परिवारले लिन पाउने व्यवस्था मिलाउने आश्वासन पनि बाँडेका छन् । 

Advertisement

Advertisement