काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले वाणिज्य विभागको महानिर्देशकमा गजेन्द्र ठाकुरलाई जिम्मेवारी दिएका छन् ।
ठाकुरलाई आइतबार मन्त्री रिजालले जिम्मेवारी तोकेका हुन् । ठाकुर यसअघि आन्तरिक राजस्व विभागका उपमहानिर्देशकका रुपमा कार्यरत रहेका थिए । यसपछि सम्पति शुद्धिकरण विभागमा कार्यरत थिए । मधेश प्रदेशमा कार्यरत ठाकुर फागुनमा उद्योग मन्त्रालय आएका थिए ।
उद्योग मन्त्री रिजालले विभागबाट पोस्ता दाना, केराउ मरिच र छोकडाको कोटा वितरण गर्न खोजेका छन् । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाउन नसक्ने गरी व्यावस्थापन गर्नुपर्ने चुनौति छ । यसैका लागि मन्त्री रिजालले ठाकुरलाई रोजेका हुन् ।
विभाग डेढ महिनादेखी नेतृत्व बिहिन थियो । पूर्वमहानिर्देशक महेश भट्टराईलाई ठूला व्यापारीलाई कारबाही गरेको भन्दै पूर्व उद्योगमन्त्री दामोदर भण्डारीले सरुवा गरेका थिए ।