राजश्व लक्ष्यअनुसार किन उठेन ? भन्सार एजेन्टले बताए अर्थमन्त्रीलाई कारण

Advertisement

काठमाडौं । राष्ट्रिय भन्सार एजेन्ट परिषद्ले अर्थमन्त्री प्रकाशशरण महतलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ। बुधवार अर्थ मन्त्रालयमा नै पुगेर भन्सार एजेन्टको टोलीले ज्ञापनपत्र बुझाएको हो । 

भन्सार प्रशासनमा लक्ष्यअनुरूप राजश्व सङ्कलन नहुनुको कारण र सोको समाधानका सुझावसहित ज्ञापनपत्र बुझाएको परिषद्ले जनाएको छ । उनीहरूले भन्सार एजेन्टले भोगिरहेका समस्या बारे पनि अर्थमन्त्रीलाई जानकारी गराए । 

Advertisement

परिषद्का अध्यक्ष भोलानाथ अर्यालले आर्थिक वर्ष सुरु भएको ९ महिनाको अवधिमा लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकिरहेको अवस्थामा अब बाँकी अवधिमा सो राजश्व कसरी उठाउन सकिन्छ ? भन्नेबारे अर्थमन्त्रीलाई सुझाव दिएका थिए। भन्सारमा आवश्यक रहेको नीतिगत सुधारको विषयमा अर्थमन्त्रीसँग छलफल भएको अर्यालले बताए। 

परिषदका महासचिव समिर विष्टले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै भन्सार जाँचपासमा पारदर्शिता, इमान्दारिता र वैधताको लागि मौजुदा भन्सार ऐन २०६४ र भन्सार नियमावली २०६४ मा व्यापक सुधार गर्नुपर्ने बताए । उनले भन्सार क्षेत्रमा देखिएका बेथिती र चुहावट नियन्त्रणका लागि कानुन संशोधन गर्नुपर्ने धारणा राखे । 

परिषदले भन्सार ऐन र नियमावलीको संशोधन गर्नुपर्ने बुँदासहित अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ती मागहरु पूरा नभए देशैभरिका भन्सार कार्यालयहरुवाट संघर्षका कार्यक्रमहरु शुरुवात गर्ने उनीहरुले चेतावनी पनि दिए । 

Advertisement

Advertisement