आठौं चरणको मन्त्रिपरिषद विस्तार, साउद परराष्ट्रमन्त्री, कांग्रेसको कोइराला समूह अझै बाँकी

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार आठौं चरणको मन्त्रिपरिषद् विस्तार गरेका छन् । परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । आठौं चरणमा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेन् । नेपाली कांग्रेसबाट कोइराला समूहले भागबण्डामा चित्त नबुझाएर अझै मन्त्री पठाएको छैन् । 

Advertisement

सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भए पनि प्रधानमन्त्री दाहालले इण्डिया भ्रमणका लागि हतारिएपछि साउदलाई आजै मन्त्री बनाइएको हो । नियुक्तिपछि साउदले दाहालको इण्डिया भ्रमणका लागि आफूहरुले सहजीकरण गर्ने बताएका छन् । अझै पाँच वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ । 

Advertisement

Advertisement