काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुने गणतन्त्र नेपालका राष्ट्रपति रामचन्द्र पौडेल लण्डन जाने भएका छन् । नेपालको राजसंस्थाको कटु आलोचकका रुपमा चिनिएका पौडेल बेलायती राजाको विशेष समारोहमा जान लागेका हुन् ।
आउँदो मे ६ तारिखमा वेस्टमिनिस्टर गिर्जाघरमा हुन लागेको राज्याभिषेकमा सहभागी हुन पौडेलको भ्रमणको तयारी सुरु गरिएको छ । राष्ट्रपति निर्वाचित भएपछि पौडेलको यो पहिलो विदेश भ्रमण हुनेछ । राजा ज्ञानेन्द्रपछि राष्ट्र प्रमुखको रुपमा पौडेलले बेलायत भ्रमण गर्न लागेका हुन् ।