न्याय माग्दा दमन गरेको भन्दै मिटरब्याज पीडितद्धारा विरोध प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

Advertisement

काठमाडौं । न्याय माग्दा प्रहरी लगाएर दमन गरेको भन्दै मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसहित राजधानी काठमाडौंमा मंगलबार पनि विरोध प्रदर्शनमा उत्रिएका छन् । 

सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाईते समेत भएका उनीहरुले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध चर्को नाराबाजी गर्दै माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका हुन । आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनलगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरुको गुनासो छ । 

Advertisement

सोमबार शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरु घाइते समेत भएका थिए । शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरुलाई सरकारले दमन गरेको भन्दै मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आपत्ति जनाए । 

उनले आफूहरुको समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताए । कुशवाहले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । 

मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानविन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएको छ ।

Advertisement

Advertisement