विद्युत आपूर्ति प्रणाली सुधार गर्न त्रिभुवन विमानस्थलको उडान सेवा नै बन्द गरिने

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्युत आपूर्ति प्रणाली सुधार गर्न वैशाख ७ गते आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नै बन्द गरिने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त दिन बिहान १ बजेदेखि ७ बजेसम्म उडान सेवा बन्द गरिन लागेको हो । विमानस्थलमा यात्रुहरुको सुरक्षामा अभिवृद्धि गर्ने उद्देश्यले विद्युत आपूर्ति प्रणालीमा थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान कार्य जारी रहेको जनाउँदै प्राधिकरणले यसै क्रममा उक्त दिन केही घण्टा उडान सेवा अवरुद्ध हुने जानकारी दिएको हो । 
 

Advertisement

Advertisement

Advertisement