समाजमा अराजकता बढ्यो, खतरा पैदा होला जस्तो छः दाहाल

Advertisement

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी रहेको बताएका छन् । 

शनिवार आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा उनले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभइ देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको स्वीकार गरे । दाहालले समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने हो कि ? भन्ने डर पलाएको बताए । 

Advertisement

उनले गत निर्वाचनमा विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डालाई भन्दा मान्छे सेन्टिमेण्टलाई प्रश्रय दिएकोप्रति दुःख व्यक्त गरे । दाहालले समाजमा यस किसिमका गतिविधि बढ्दै जाँदा बुद्धिजीविहरुले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए । उनले लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरु, त्यसका नेताहरुप्रति जति सजिलै नराम्रा अभिव्यक्ति दिन समाज लागिपरेको बताए । 

नेता दाहालले लेख, रचनाहरुतिरहरु भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा लागेर मानिसहरु क्षणिक उत्तेजना, क्षणिक आवेग रअराजक गतिविधिलाई अंगाल्ने परिपाटी विकसित हुँदै गएको बताए । उनले भने, ‘विचारमा विचलन देखापरेको छ । अहिल खालि कम्युनिष्ट आन्दोलनभित्र मात्रै पनि होइन, देशको समग्र राजनीतिमा पनि आर्थिक विकासको प्रक्रियामा पनि विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला कि भन्ने खतरा पैदा भएको छ । भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डालाई भन्दा मान्छे सेन्टिमेण्टलाई भावनालाई, आवेगलाई अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ । यस्तो बेलामा बौद्धिक पक्षबाट बुद्धिजीविबाट अलि हस्तक्षेप बढ्न जरुरी छ ।’

प्रधानमन्त्री दाहालले इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै रोक्ने चुनौति आफूसमक्ष रहेको जिकिर गरे । 

Advertisement

Advertisement