उद्योगहरुमा भइरहेको अघोषित लोडसेडिङको समस्या १५ दिनमा समाधान हुने घिसिङको दावी

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताउँदै उद्योगहरुमा भइरहेको लोडसेडिङ १५ दिनमा समाधान हुने दावी गरेका छन् । 

आईतवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वका उद्योग व्यवसायमा लोडसेडिङ नगरेको दावी पनि गरे । पूर्वका उद्योगीहरुले भने पुसबाट सुरु भएको लोडसेडिङको समस्या बढ्दै गएर अहिले दैनिक १२ घण्टासम्म भइरहेको भन्दै आजबाट आन्दोलन सुरु गरेका छन् । 
 
कार्यकारी निर्देशक घिसिङले विराटनगर करिडोर क्षेत्रमा विद्युत लाइनमा प्राविधिक समस्या तथा सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा कमी भएको कारण विद्युत कटौति गरेको तर्क गर्दै विराटनगर ओद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा प्राविधिक समस्या आएकाले ४ दिन विद्युत लोड कटौति भएको बताए । 

Advertisement

उनले सुक्खायाममा माग अनुसार उत्पादन नहुने भन्दै अझ गत वर्षको भन्दा यो वर्ष राम्रो अवस्थामा प्राधिकरण रहेको बताए । गत वर्ष धेरै अपm्ठ्यारो अवस्थामा विद्युत आपूर्ति गरेको घिसिङको भनाई छ । उनले विराटनगर औद्योगिक करिडोरमा देखिएको समस्या तत्काल समाधान हुने बताए । घिसिङले अहिले उत्पादन घटेको भन्दै प्राधिकरणले अधिकांश औद्योगिक क्षेत्रको लोड कटौति गरेको बताए । 

उनले यो ‘सर्ट टर्म’को समस्या भएको भन्दै १०–१५ दिनमा समाधान गर्ने दावी गरे । यो वर्ष विद्युत आपूर्तिमा समस्या नहुने गरी काम गरिरहेको घिसिङको भनाई छ । उनले पूर्वमा सबस्टेसनको ब्रेकरमा समस्या आएकाले केही दिन आपूर्ति प्रभावित भएको बताए । घिसिङले अहिले समस्या समाधान भइसकेको र शनिवारदेखि विराटनगरमा सामान्य रुपमा विद्युत प्रवाह भइरहेको दाबी गरे । 

Advertisement

Advertisement