स्वतन्त्र पार्टीका वाग्लेभन्दा गठवन्धनका भट्टराई झण्डै छ हजार मतले पछाडी, एमाले तेस्रो

Advertisement

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को जारी मतगणनामा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका नयाँ नेता डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् । 

पछिल्लो मतपरिणामअनुृसार उनी सत्तारुढ गठवन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईभन्दा झण्डै छ हजार मतले पछाडि परेका छन् । वाग्लेले १३ हजार ७४९ मत पाउँदा भट्टराईले आठ हजार ३६ मत पाएका छन् । उनी कांग्रेसका नेता पनि हुन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो नम्बरमा रहेका छन् । उनले चार हजार ३९५ मत पाएका छन् । 

Advertisement

उपनिर्वाचन भएका बाँकी दुई क्षेत्र चितवन– २ र बारा– २ मा सोमबार दिउसोबाट गणना सुरु भए पनि विवरण प्राप्त हुन सकेको छैन् । तीन वटै क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।  

Advertisement

Advertisement