जोखिमपूर्ण अवस्थामा रहेको बालाजु चोकको पेट्रोल पम्पलाई महानगरले गर्यो सिल

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु चोकमा घरसँगै जोडिएको पेट्रोल पम्पलाई सिलबन्दी गरेको छ । जोखिमपूर्ण अवस्थामा सञ्चालन हुँदै आएको कोतः धुकु पेट्रोल पम्पमा सिल गरिएको हो । 

महानगरपालिकाले मापदण्डविपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेकोले सिल गर्नुपरेको बताएको छ । उक्त पम्पले सडकमै सवारी साधनहरुमा इन्धन भर्ने गरेको थियो । 

Advertisement

सिलबन्दीपछि पेट्रोल भर्नेहरुको लाइनले सडक जाम हुने समस्या कम हुने अपेक्षा गरिएको छ । यता पेट्रोल पम्प सञ्चालकले अदालतले अन्तरिम आदेश दिँदादिँदै पनि सिल गर्ने काम गरेको गुनासो गरेका छन् । उक्त पम्प सो ठाउँबाट हटाउन महानगरले पूर्वसुचना दिएको थियो । 

Advertisement

Advertisement