सरुवा, बढुवामा कुनै पनि राजनीतिक हस्तक्षेप नभएको सशस्त्रका आईजीपीको दावी

Advertisement

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप नभएको दावी गरेका छन् । 

सोमवार सशस्त्र प्रहरी बलले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संगठनभित्रको सरुवा, बढुवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नभएको दावी गरेका हुन् । अर्यालले सरुवा, बढुवा संगठनले चाहेअनुसार नै भइरहेको बताए । 

Advertisement

उनले सशस्त्र प्रहरीको सादा पोशाकमा हुने विकृतिहरुलाई हटाइएको पनि बताए । अर्यालले सीमा सुरक्षा गर्नु आफूहरुको मुख्य काम भएको भन्दै प्राथमिकताका आधारमा सीमामा जनशक्ति राखिने गरेको बताए । आईजीपी अर्यालले काममा डिजिटलाइजेशन गर्ने लक्ष्य राखिएको र सोका लागि सरकारले बजेटको सुनिश्चितता पनि दिइसकेको बताए । 

अर्यालले भने, ‘सादा पोशाकमा हुने विकृति हटाएको हो । सादा पोशाकबाट गएर बार्गेनिङ गर्ने काम हुँदैन । त्यो प्रवृत्ति हटाएको हो । त्यस्तो राजनीतिक हस्तक्षेप कुनैपनि छैन यो सशस्त्र प्रहरी बलमा । हामीले संगठनले चाहेअनुसारको सरुवा, बढुवा गरेका छौँ । प्राथमिकताका आधारमा सीमामा जनशक्ति राख्दै जान्छौँ । सुविधा पाउँदा मात्रै गर्छौं भन्ने होइन । सुविधा नपाउँदाखेरी टेन्ट टाँगेर पनि बसेर गर्नुपर्ने हुन्छ । त्यसैले हामी बिओपीलाई प्राथमिकता दिएर हामी यो काम गर्दै जान्छौँ । डिजिटलाइजेशन गर्ने हाम्रो मुख्य लक्ष्य छ । यसको लागि सरकारले पनि सहयोग गर्दै आएको छ । बजेटको सुनिश्चितता पनि दिइसकेको छ । हामीले यहाँ सेन्टरमा बसेर सबै ठाउँको मनिटर गर्नसक्यौँ भने राम्रो हुन्छ भन्ने हिसाबले काम गरेका छौँ ।’   

उनले सशस्त्र प्रहरी बललाई आकर्षक सेवाको रुपमा स्थापित गर्ने उद्देश्यसहित अगाडी बढिरहेको बताए । 

Advertisement

Advertisement