काठमाडौं । अप्रिल महिनामा मात्र ९८ हजार ७ सय ७३ जना पर्यटक हवाईजहाजबाट नेपाल भित्रिएका छन् । त्यस्तै, ९५ हजार ८ सय ८६ जन पर्यटक बाहिरिएका छन् ।
अप्रिल महिनामा ३३ देशबाट ९८ हजार ७ सय ७३ जना पर्यटकहरु नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट भित्रिए । नेपाल आएका ३३ देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी ३१ हजार ४ सय ३७ जना नेपाल आएका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार भारतबाट ३१ हजार ४ सय ३७, अमेरिकाबाट ८ हजार ४ सय १३, बेलायतबाट ५ हजार ४ सय ९, चीनबाट ४ हजार ७ सय ७०, अष्ट्रेलियाबाट ३ हजार ८ सय २८, जर्मनीबाट ३ हजार २ सय ४६, फ्रान्सबाट ३ हजार २ सय ११, रुसबाट २६ हजार ६ सय ७३, बंगलादेशबाट २ हजार २ सय १७ र थाइल्याण्डबाट २ हजार १ सय २ जना पर्यटक नेपाल भित्रिएका छन् ।
त्यस्तै, बङ्गलादेशबाट २ हजार २१७, भुटानबाट ६१९, पाकिस्तानबाट ४२३, श्रीलङकाबाट ७४७, क्यानडाबाट एक हजार ६७२, बेल्जियमबाट ५५७, नेदरल्याण्डबाट एक हजार २८५, जापानबाट एक हजार ३१२, मलेशियाबाट २ हजार, सिंगापुरबाट ९२६, दक्षिण कोरियाबाट एक हजार ५४४, चीनीयाँ ताइपेईबाट ६६२, म्यानमारबाट एक हजार ३३९, अस्ट्रियाबाट ४७१, चेक रिपब्लिकबाट ६५८, डेनमार्कबाट ४८३, इजरायलबाट एक हजार ३८७, इटालीबाट एक हजार ४३५, नर्वेबाट ३३०, पोल्याण्डबाट ८४९, स्पेनबाट एक हजार १७२, स्वीडेनबाट ३६६ र न्यूजिल्याण्डबाट ३९४ जना पर्यटक आएको बोर्डले जानकारी दिएको छ ।
सन् २०२२ को अप्रिल महिनामा ६१ हजार ५ सय ८९, सन् २०२१ को अप्रिल महिनामा २२ हजार ७ सय ३२ जना र सन् २०२० को अप्रिल महिनामा एक लाख ९ हजार ३ सय ९९ जना पर्यटकहरु भित्रिएका थिए । सन् २०१९ को तुलनामा २०२३ मा ९०.२८ प्रतिशतले पुनरुत्थान भएको बोर्डले जनाएको छ । साथै चीनीयाँ पर्यटकहरुको नेपाल आगमनमा ८१ प्रतिशत रहेको छ ।