प्रम दाहाल र रवि लामिछानेको साँठगाँठ देखेपछि बालेनले भने– नयाँ, पुरानो सबै नेताहरु चोर हुन्

Advertisement

काठमाडौं । स्वतन्त्ररुपमा विजयी भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले नयाँ र पूराना नेता सबै चोर भएको कडा टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल र सबैले आशा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बढ्दो साँठगाँठ र लामिछानेको सत्तारोहणको तयारीतर्फ संकेत गर्दै बालेनले सामाजिक सञ्जालमा छोटो टिप्पणीमा भनेका छन्, नयाँ , पुरानो सबै नेताहरु चोर हुन् । कसैलाई देशको माया छैन् ।’ 

Advertisement

घरबाट खसेर गम्भीर घाइते भई उपचार गरिरहेका लामिछानेका चालकको आज नै मृत्यु भएको थियो । बालेनले नेपालको सत्तामा आफ्नो पकड जमाउँदै आएका दल र नेताहरुलाई कडा चुनौति दिँदै बेला बेलामा खरो टिप्पणी र कडा आलोचना गर्दै आएका छन् । 

Advertisement

Advertisement