भ्रष्टाचारको रोगबाट यो प्रणालीलाई जोगाउनु पर्छः माधव नेपाल

Advertisement

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताएका छन् । 

सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोमबार उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताए । माधव नेपालले प्रधानमन्त्रीको परीक्षाको बेला आएको बताए । सो प्रकरणमा आफूहरुको पूरा साथ, सहयोग रहने उनले बताए । 

Advertisement

उनले भने, ‘देशको सबभन्दा मुख्य समस्या भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचारलाई जबसम्म हामी नियन्त्रण गर्दैनौँ, भ्रष्टाचारीलाई जबसम्म कारबाही गर्दैनौँ, तबसम्म सुशासनको प्रत्याभुति गर्न सकिँदैन । भ्रष्टाचारको रोगबाट यो देशलाई र प्रणालीलाई जोगाउनु पर्छ । त्यसको निम्ति प्रधानमन्त्रीजीले खुट्टा नकमाईकन, दृढताकासाथ अगाडी बढ्नुपर्छ । उहाँको जाँचको बेला पनि आएको छ । हाम्रो पूरा साथ सहयोग रहन्छ । सत्ता सहयात्री दलहरुले पनि भनिसकेका छन् । कुनै पनि दोषी व्यक्तिहरु, भ्रष्ट व्यक्तिहरु नउम्किउन नछुटुन् । तर निर्दोषहरु अनावश्यक रुपमा बदनाम गर्ने कामहरु गर्ने र उनीहरुलाई अपमान गर्ने काम नहोस् ।’

Advertisement

Advertisement