सभामुखले बोल्न नदिएसँगै राप्रपाद्धारा रोस्टम घेराउ, संसद बैठक १५ मिनेटका लागि स्थगित

Advertisement

काठमाडौं । सभामुख देवराज घिमिरेले बोल्न समय नदिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का साँसदहरुले रोष्टम घेराउ गरेका छन् । सभामुखले पटक पटक बस्न आग्रह गर्दा पनि राप्रपा साँसदहरु रोष्टम घेराउ गर्न अघि बढेका थिए । 

राप्रपाका साँसदहरुले नाराबाजी र विरोध जारी राखेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको हो । विशेष समयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने समय मागेका थिए । 

Advertisement

तर सभामुख घिमिरेले बैठकमा शून्य समयको मात्रै प्रबन्ध भएको भनेपछि राप्रपाका सांसदहरूले विरोधमा उत्रिएका थिए । राप्रपाका साँसदहरुले गणतन्त्र आएपछि भ्रष्टाचार मौलाएको भन्दै भ्रष्टाचारमा संलग्न सबैनेताहरूलाई जेल हाल्नुपर्ने माग गरेका थिए ।

Advertisement

Advertisement