अमेरिकी गुप्तचर संस्था एफबीआईले धम्कीपूर्ण दबाब नदिएको भए खाँडहरु पक्राउ पर्थेनन्ः मिश्र

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अमेरिकी गुप्तचर संस्था एफबीआईको धम्कीपूर्ण दबाब नदिएको भए नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलका नेताहरु पक्राउ पर्थेथिएनन् भनी प्रतिक्रिया दिएका छन् । 

कांग्रेस सांसद आरजु देउवा र माओवादी सांसद माधव सापकोटाको भनाई उदृत गर्दै उनले ट्विटरमा अमेरिकी दबाबमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडलाई पक्राउ र नेकपा एमालेका नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको बताएका हुन् । 

Advertisement

भ्रष्टाचारको छानविनका लागि पनि विदेशी दबाब नै चाहिने ! भन्दै मिश्रले आश्चर्य प्रकट गरेका छन् । उनले भनेका छन्, भुटानी शरणार्थी काण्डमा भइरहेको छानविनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईंलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानविन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो ः त्यो हो भने भ्रममा हुनुहुन्छ ।’

कांग्रेस सांसद आरजु देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानविन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबिआइ’ले पनि गरिरहेको छ भनी गरेको टिप्पणीलाई नबिर्सिनु होला भन्दै उनले भुटानी शरणार्थीको विषय अमेरिकासँग पनि जोडिएको, र उनीहरूको चासो संभवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनै पर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीका विरूद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन भनेका छन् । 

होइन, कल्पना गर्न सकिन्छ भनेर कसैले सोच्नुभएको छ भने, विचार गर्नुहोस् त भन्दै मिश्रले माओवादी शिविर घोटाला काण्ड, बालुवाटार काण्ड, बाल मन्दिर काण्ड, चाँदबाग काण्ड, वाइडबडी जहाज काण्ड, यती काण्ड, ओम्नी काण्ड, ३३ केजी सुन काण्ड, महरा काण्ड, सुडान घोटाला काण्ड, एनसेल काण्ड, चिनिया जहाज खरिद काण्ड, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश काण्ड, बुढीगण्डकी काण्ड जस्ता अनगिन्ती काण्डहरूमा किन कोही ठूला नेता गिरफ्तार हुँदैनन् ? भनी प्रश्न गरेका छन् । 

उनी थप्छन्, ‘तसर्थ, ‘वाह, वाह गृहमन्त्री, गजब गर्नुभयो, सरकार खुट्टा नकमाऊ’ भन्नु बेकार छ । जुन दिन माथि उल्लेख गरिएका जस्ता सबै काण्डमा मुछिएका ठूला नेता पनि गिरफ्तारीमा पर्लान्, त्यस दिन जे, जे भन्नु पर्छ भनौँला।’

गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै अन्तरआत्माको आँटले यो कार्य गरिरहनु भएको हो भने, उनले पालैपालो अरू दर्जनौंलाई सप्रमाण पक्राउ गर्न सक्नुहुन्छ भन्नेमा सन्देह छैन् भन्दै मिश्रले होइन भने, यसबाट कोही धेरै उत्साहित हुनु पर्ने कारण छैन् भनेका छन् । उनले यो केवल भ्रष्टाचारको कालोमोसो पोतिएको अनुहारमा विशेष कारणबस सेतो रङ्ग दल्ने प्रयास मात्र हो भनेका छन् । 

Advertisement

Advertisement