'एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिन्न, सबै गर्नुपर्छ'

भ्रष्टाचारी पूर्वप्रधानमन्त्रीहरुलाई लाइन लगाएर जेल हालियो भने देशको इज्जत बढ्छः रवि

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन् । 

शनिवार नक्सालमा आयोजित भ्रष्टाचार विरोधी आन्दोलनमा उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने बताए । अरु धेरै लाइनमा रहेका काण्डहरु अनुसन्धान भए सरकारको सफलता मान्ने लामिछानेले बताए । 

Advertisement

उनले भुटानी शरणार्थी काण्डलाई सरकारले शुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताए । लामिछानेले सरकारले अन्य लाइनमा रहेको काण्डहरु अनुसन्धान अघि बढाउन रोकिन नहुने बताए । उनले कुनै पनि पार्टी र पार्टीका शीर्ष नेताहरुले कसैले पनि विषयान्तर गर्न नहुने बताए । लामिछानेले आफ्नो दलको लागि दोषीलाई बचाउने, छेक्ने, ढाट्ने नगर्न चेतावनी दिए । 

सभापति लामिछानेले भने, ‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्छ । देशको बेइज्जत होइन भ्रष्टाचार गर्नेहरुको उजागर भयो । विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर जेल गएको देखेका छौैं । यो देशको बेइजेत भएको होइन, यो देशको इज्जत बढ्यो । पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरुको नजिर नेपालले लिने हो । गलत छन् भने हेर्ने होइन प्रमाणित गर्ने कोशिस होला ।’ 

उनले थपे, ‘यो काण्डमा जो–जो मुछिए पनि समाएर अनुसन्धानको दायरामा ल्याउने कसैलाई पनि छोड्ने होइन । एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ । त्यतिधेरै पनि नलियौं होला । आशावादी हुनुपर्छ । धेरै काण्डहरु लाइनमा छन् । ती काण्डहरु पनि अनुसन्धान हुन् । अनि हेर्छौं । सरकारले यसलाई शुरुवात बिन्दु मानेको हो भने स्याबास सरकार तर यो रोकिनु भएन । अहिलेलाई विषयान्तर गर्न सकैले नगरोस् । आफ्नो दलको लागि दोषीलाई बचाउने छेक्ने ढाँट्ने नगर्नुस् । नाङ्गीसक्यो अब किन छेक्ने ।’
सभापति लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु राम्रो भएको तर्क गरे । उनले विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर जेल गएकोदेखि रहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरुको नजिर नेपालले लिन सक्नुपर्ने बताए । 

काण्डमा दोषी देखिएकाहरुलाई अनुसन्धानको दायरामा ल्याउन कसैलाई पनि छाड्न नहुने लामिछानेले बताए । 

Advertisement

Advertisement