शिक्षा, स्वास्थ्य रोजगारी व्यापारीको हातमा गयो, शक्ति केन्द्र रमाएः चित्रबहादुर केसी

Advertisement

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भएको बताएका छन् । सोमबार संसदमा बोल्दै उनले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताएका हुन् । 

केसीले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भए पनि त्यसको खास सदुपयोग हुन नसकेको भन्दै अहिले पनि जनताका गाँस, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त रहेको बताए । उनले देशको आर्थिक अवस्था चिन्ताजनक रहेको उल्ल्ेख गर्दै राजनीतिक अस्थिरता, शिक्षा, स्वास्थ्य रोजगारीको कमी हुँदा युवाहरु विदेश पलायन भइरहेको बताए । 

Advertisement

केसीले लोकतन्त्र, गणतन्त्र ल्याउनेहरुबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा रहेको उल्लेख गरे । उनले भने, ‘हामीले लोकतन्त्र र गणतन्त्र त ल्यायौँ तर त्यसको सदुपयोग गर्न सकेनौँ । अहिले पनि जनताका गाँस, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त छ । अहिले तपाईंहरुका जोश र उत्साहलाई जीवनपर्यन्त कायम गर्नुपर्छ । देशको आर्थिक अवस्था डामाडोल छ । राजनीतिक अस्थिरता छ । अहिले पनि लाखौं विद्यार्थीहरु देशमा शिक्षा, स्वास्थ्य रोजगारी नहुँदा विदेश गएका छन् । यही अवस्था रहने हो भने मुलुकको अस्तित्वमाथि नै संकट उत्पन्न हुने देखिएको छ । लोकतन्त्र, गणतन्त्र ल्याउनेबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा छ । लोकतन्त्र बिरोधी असाध्यै हौसिएका छन् । किन चाहियो भनेर भनिरहेका छन् ।’

अध्यक्ष कसीले देशमा शिक्षा, स्वास्थ्य रोजगारी व्यापारीको हातमा भएको र शक्ति केन्द्रहरु रमाइरहेको बताए । 

Advertisement

Advertisement