‘नेपालमा मुठीभर मान्छेका छोराछोरीहरुले मात्रै लाखौँ खर्च गरेर पढ्न पाउने, सामान्य नागरिकका छोराछारीले पढ्नै नपाउने अवस्था छ’

एक्काइसौं शताब्दी वैज्ञानिक शताब्दी हुनुपर्ने लुटेरा शताब्दी भयोः विप्लव

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन् । 

सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा उनले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरु नाफा घाटा मात्रै हेर्ने बताए । चन्दले २१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी रहेको भन्दै यो शताब्दी लुटेराहरुको शताब्दी हुन नसक्ने बताए । 

Advertisement

उनले अहिले । युवाहरुमा वितृष्णा र निराशा छाएको भन्दै त्यसलाई अब चिर्नेगरी अघि बढ्न जरुरी रहेको बताए । चन्दले नेपालमा मुठीभर मान्छेका छोराछोरीहरुले मात्रै लाखौँ खर्च गरेर पढ्न पाउने र सामान्य नागरिकका छोराछारीले पढ्नै नपाउने अवस्था रहेको बताए । 

उनले भने, ‘२१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी हो, यो लुटेराहरुको शताब्दी हुन सक्दैन । यो हाम्रो चुनौति छ । युवाहरुमा वितृष्णा र निराशा छ, १५ वर्षसम्म हामीले हे¥यौं केही हुन सकेन, बहुदल आयो, बहुदलले स्वतन्त्रता त दियो तर शिक्षालाई बजारीकरण गरियो । शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार हो । तर यो व्यवस्थाले शिक्षालाई बजारको वस्तु बनाइदियो । बजारमा पु¥यायो । बजारमा पुगेको शिक्षाले नाफा घाटा मात्रै हेर्छ, समानता र अधिकार हेर्दैन । आज नेपालमा मुठीभर मान्छेका छोराछोरीहरुले मात्रै लाखौँ खर्च गरेर पढ्नपर्नु र सामान्य नागरिकले पढ्न नपाउने, जिन्दगी नै बर्बाद हुने निराशातिर धकेलिने अवस्था देखापरेको छ ।’ 

महासचिव चन्दले देशको गृहमन्त्री बनेका व्यक्तिहरु दुई कौडीमा विदेशीको लिलाम भइरहेको बताए । 

Advertisement

Advertisement