एमसीसी र एसपीपी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरु बाक्लिन थाल्यो

पाँच वर्षभन्दा पहिलाका भ्रष्टाचारको छानविन नहुने कानुन ल्याउन खोजिँदैछ, यो मान्य हुँदैन्ः खनाल

Advertisement

काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको दावी गरेको छन् । 

बुधवार ३१ औं मदन—आश्रित स्मृति दिवसको कार्यक्रममा उनले अमेरिकी सेना र अमेरिकी सरकारका प्रतिनिधिको उपस्थिति बढेकोप्रति आपत्ति पनि जनाए । खनालले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको उल्लेख गर्दै नेपाल रेमिट्यान्स आधारित देश बन्न लागेको बताए । 

Advertisement

उनले नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोजेको दावी गरे । खनालले एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र अमेरिकी सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आइरहेको भन्दै नेपाललाई विदेशीको खेल मैदान बन्न दिनु नहुने बताए । उनले नेपालमा अमेरिकीहरुको उपस्थिति बाक्लिनुको कारणबारे नेपालीहरु सचेत रहनुपर्ने बताए । 

खनालले भने, ‘देश संकटपूर्ण अवस्थाबाट गइरहेको छ । राजनीतिमा हामीसँग सात संसद छन् । सात वटै संसद त्रिशंकु छन् । कहीँ पनि मेजोरिटी छैन् ।  वामपन्थी मिल्ने हो भने सबै ठाउँमा मेजोरिटी हुन्छ । तर वामपन्थीहरु नै मिल्न चाहँदैनन् । आश्चर्यको कुरा हो । राजनीतिक अस्थिरताको दिशामा छ देश । देश अस्थिरताग्रस्त छ । आर्थिक संकटमा देश भयावह अवस्थामा गइरहेको छ । यो देश रेमिटयान्समा आधारित देश बन्दैछ । यो खतराको कुरा हो । अहिलेको संकटपूर्ण अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्छ । आज हाम्रो देशलाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोज्दैछन् । एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका छन् । अमेरिकाका रक्षामन्त्रीहरु आउँछन् । सबैभन्दा पहिला तिब्बतीय क्याम्पमा पुग्छन् किन ? के स्वार्थ छ, यसमा नेपालीले बुझ्नुपर्छ । हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन्  । के स्वार्थ छ ? नेपाललाई किन खेल मैदान बनाउन कोशिस गर्दैछन् ? हामी अब यसको सामना गर्नपर्छ ।’

नेता खनालले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको बताए । उनले यो प्रकरण निष्पक्ष रुपमा छानबिन भई सतहमा पुग्नुपर्ने बताए । यस प्रकरणमा मुछिनेहरुको संख्या बढ्दै गएको र ठूला नेताहरु पनि पक्राउ पर्दै गएको भन्दै भ्रष्टाचारको काण्डलाई निष्पक्ष रुपमा टुंगोमा पुर्याउन आग्रह गरे । खनालले निष्पक्ष छानबिन नभए आफ्नो पार्टीले सहन नसक्ने चेतावनी दिए । 

सम्मानित नेता खनालले ५ वर्ष भन्दा पहिलाका भ्रष्टाचारको अनुसन्धान नहुने गरी विधेयक संशोधन गर्न लागिएकोप्रति आपत्ति जनाउँदै सो कुरा आफूलाई मान्य नहुने बताए । उनले माओवादीले होनहार तीन सय क्रान्तिकारीहरुको हत्या गरेको आरोप पनि लगाए । 

Advertisement

Advertisement