काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् ।
भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न एक अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरेका छन् ।
त्यस्तै, स्थानीय तहका पालिकाकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने महतले बताए । लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपियाँ विनियोजन गरेको उनले बताए ।