गठवन्धन गरेर लडेकाले कांग्रेस ठूलो पार्टी भयोः देउवा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन निर्देशन दिएका छन् । 

शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रमाम उनले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको समेत बताए । प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकीर गरे । 

Advertisement

देउवाले प्रजातन्त्रमाथि फेरि संकट आउन नदिने गरी काँग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । उनले भने, ‘अहिलेको बेला नेपाली काँग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँगाउँमा, घरघरमा, वडावडामा पुर्याएर यो पार्टीलाई मजदुत बनाउने काममा सबैलाई सफलता मिलोस भन्ने कामना गर्दछु । यसो गरियो भने पार्टीको देशभरी नै सगठन बलियो भएर जानेछ । हाम्रो पार्टी ऐतिहासिक पार्टी छ । २००७ सालदेखि लडदै आएको पार्टी हो । यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पुर्याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ । त्यति नै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ । त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा संकट आउँदैन । प्रजातन्त्र स्थायी भएर जान्छ ।’ 

देउवाले थपे, ‘अहिले गठबन्धनको सरकार छ । गठबन्धनको सरकार भएको कारणले पनि हो, त्यसले गर्दाखेरी आज हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ । यहाँ केही कुराहरु उठेका छन साथीहरु । उठाउनु पनि पर्छ । कुरा महत्वपूर्ण हुन । तर, पार्टीमा समानुपातिक प्रतिनिधित्व प्रतिनिधिसभामा हुनका लागि संविधानको संशोधन आवश्यक छ । त्यसका लागि दुई तिहाई बहुमत चाहिन्छ । त्यसका लागि सबै पार्टीहरुमा सहमती हुन जरुरी छ । यदि सहमती हुन सक्यो भने यी विचारहरु नहुने भन्ने होइन । तर, त्यसका लागि समय लाग्दछ । योग्य, जुझारु साथीहरुलाई हामीले अगाडि बढाउनु पर्छ । त्यसमा लाग्ने कुरा प्रतिवद्धता जनाउन चाहान्छु । हामी सबै एक भएर जाऊ । ’

उनले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण गरे । 

Advertisement

Advertisement