‘विद्या भण्डारीले नागरिकता विधेयक रोक्नु पनि गलत, रामचन्द्रले प्रमाणीकरण गर्नु पनि गलत’

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबै खाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था देखिएपछि पार्टीबिरुद्ध बाधा पुर्याउने प्रयास भइरहेको आरोप लगाएका छन् । 

शनिवार राजधानीमा आयोजित कार्यक्रममा उनले स्वतन्त्र पार्टीको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरुले घेराबन्दी गरिरहेको बताए । लामिछानेले दलहरुको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने बताए । 

Advertisement

तत्कालीन राष्ट्रपति विद्या भण्डारीले नागकिरता विधेयक रोक्दा पनि आफ्नो पार्टीले बिरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरुले पनि अकर्मण्यता देखाएको उनले बताए । नेता लामिछानेले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताए । 

उनले वैवाहिक अंगिकृतका हकमा पनि यस नागकिरता विधेयकले बोलोस् भन्ने चाहे पनि संसदमा नलगिकन प्रमाणीकरणमा पठाउनुले सरकारको बाटो स्पष्ट भएको बताए । लामिछानेले आफ्नो पार्टीले नेपाली नागरिकले नागकिरता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको बताए । 

उनले भने, ‘तपाईंहरुलाई लाग्ला को बाटो अब सहज छ ? २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ । तर, सम्पूर्ण दलहरुले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ । तर हामी डराउँदैनौँ । २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्नेकुरा आम जनताले घरघरमा महशुस गरिसकेका छन् । तर त्यो अनुमानलाई बाधा पुर्याउन अहिलेदेखि नै प्रयासहरु चलेको छ । त्यसमा हामी चनाखो हुँदै जानुपर्छ ।’ 

लामिछानेले थपे, ‘नागकिता विधेयकमा हामीले त्यतिबेला नै तत्कालीन राष्ट्रपतिले नागकिरता विधेयक रोक्दा हामीले संविधान विपरितको काम भयो भनेका थियौँ । तर दलहरुको अकर्मण्यता पनि भयो सही बाटोबाट सही ढंगबाट ढोकाबाट नल्याइसकेपछि प्रक्रिया नपुर्याइसकेपछि यस्तै हो भनेका थियौँ । पार्टी निर्वाचनमा नपुग्दै, त्यसको निरन्तरतामा हामी छौँ । हामीले वैवाहिक अंगीकृतका हकमा पनि यसले केही बोलोस् भनेका हौँ । हामीले सही ढंगबाट आओस् भनेका छौँ । हामीले नेपाली आमाका छोराछोरीले नागकिरता नपाउन् भनेर बोलेकै छैन । जन्मसिद्ध नागरिकले नागकिरता पाउनुपर्छ भनेका छौँ । महिलामाथि विभेद छ, प्रावधान राखेर ल्याइएको छ, अपराधकारी कुराको सम्बोधन हुनुपर्छ । संसदमा ल्याएको भए दुधको दुध, पानीको पानी हुन्थ्यो, तर जानाजान कसैले न कसैले यसमा मुद्दा हाल्छ भन्ने जानेर हो की, जानाजान यस्तोबाट ल्याइयो ।’ 

उनले आफ्नो पार्टीले राजनीतिक अडानका रुपमा लिएका मुद्दालाई नछोड्ने बताए । लामिछानेले २०८४ सालममा एकले अर्कोलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै चुनावमा जिताउन पनि आह्वान गरे । उनले सबै ठाउँबाट पार्टीलाई जिताउनका लागि आफ्नो पार्टीले काम थालिसकेको पनि जिकिर गरे । 

Advertisement

Advertisement