पाँच महिनामा त्रिभुवन विमानस्थलबाट १८ लाख ४३ हजार यात्रु विदेश आवतजावत

Advertisement

काठमाडौं । गएको पाँच महिना (जनवरीदेखि मे महिनासम्म)मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु १२ हजार ७६६ वटा आगमन र प्रस्थान गरेका छन् ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा छ हजार ३८२ वटा अन्तर्राष्ट्रिय उडानको प्रस्थान र छ हजार ३८४ उडानको आगमन भएको छ । 

Advertisement

अन्तर्राष्ट्रिय उडानतर्फ पाँच महिनामा आउने जाने यात्रुको कुल संख्या १८ लाख ४३ हजार ४९० जना रहेको छ । यस अवधिमा आठ लाख ४६ हजार २०७ जना यात्रु भित्रिँदा नौ लाख ९७ हजार २८३ यात्रु बाहिरिएका छन् । 

समीक्षा अवधिमा चार हजार ७१२.६३० टन कार्गो (सामानं भित्रिएको छ भने चार हजार ५२०.१५९ टन कार्गो बाहिरिए छ । 

आन्तरिक उडानतर्फ पाँच महिनामा उक्त अवधिमा आठ लाख १९ हजार ६४३ उडानको आगमन भएको छ भने आठ लाख ११ हजार ३०७ उडान बाहिरिएका छन् । दुवै गरेर कुल १६ लाख ३० हजार ९५० उडानहरु भएका आवतजावत गरेका छन् । 


सोही अवधिमा २० हजार १७५ जना त्रिभुवन विमानस्थलबाट देशका अरु गन्तव्यमा यात्रा गरेका छन भने २० हजार १६१ यात्रु भित्रिएका छन् । आउने जाने यात्रुको कुल संख्या ४० हजार ३३६ रहेको छ । 

सोही अवधिमा आन्तरिक उडानबाट ३४९.५९० टन कार्गो भित्रिएको छ भने ९५७.३६० टम कार्गो बाहिरिए छ ।

Advertisement

Advertisement