बंगलादेशी पर्यटक बढाउन होटल संघ नेपालको टोली बंगलादेश प्रस्थान

Advertisement

काठमाडौं । नेपालमा बंगलादेशी पर्यटकहरुको आगमन बढाउने उद्देश्यले होटल संघ नेपालको २४ सदस्यीय टोली बंगलादेश प्रस्थान गरेको छ ।  

बंगलादेशीहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको बढ्र्दै प्रचारप्रसारका लागि आज संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली बंगलादेश प्रस्थान गरेका हुन् । 

Advertisement

होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा जुन २१ का लागि बंगलादेशको ढाकामा तय गरिएको कार्यक्रममा छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टूर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूतहरुको उपस्थितिमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम तथा बीटुबी कार्यक्रम गरी विशेष रात्रिभोजको पनि आयोजना गरिने छ । 

बंगलादेशमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने विश्वास संघले लिएको छ । 

उक्त अवसरमा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवद्र्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदान प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको जनाएको छ ।

टोलीले बंगलादेशका सरकारी प्रतिनिधि तथा पर्यटनसँग सम्वद्ध निकायहरुसँग भेटघाट गरी द्विपक्षीय पर्यटन अभिवृद्धि गर्न र बंगलादेशी पर्यटकको नेपाल आगमन बढाउन उक्त कार्यक्रम आयोजना गरिएको संघले विज्ञप्तिमार्फत जानकारी दिए । 

Advertisement

Advertisement