एईसीसी शैक्षिक मेलामा निकै ठूलो सहभागिता, असार ७ र ८ मा चितवन र पोखरामा पनि

Advertisement

काठमाडौं । शैक्षिक परामर्शका क्षेत्रमा विगत एक दशकभन्दा लामो समयदेखि काम गर्दै आएको प्रतिष्ठित संस्था एईसीसी नेपालले आज बुधबार भव्यरुपमा ‘एजुकेशन फेयर २०२३’ आयोजना गरेको छ । 

मेलामा अपेक्षाभन्दा निकै धेरै विद्यार्थीको सहभागिता र आकर्षण देखिएको आयोजकले बताएको छ । मेलामा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्डका उत्कृष्ट विश्वविद्यालयहरुका साथै आईईएलटीएस, टोफल, पीटीईका प्रतिनिधिसँग विदेश अध्ययनका लागि भर्ना, छात्रवृत्ति, वित्तीय व्यवस्थापन, भिसा डकुमेन्टेशन जस्ता कुराहरुमा छलफल र परामर्श लिएका थिए । 

Advertisement

साथै, विद्यार्थीहरुले एकै छातामुनी नेपालका बैंकहरुसँग फाइनान्स (वित्तीय व्यवस्थापन)का बारेमा पनि जानकारी लिएका थिए । मेलामा विद्यार्थीहरुले निःशुल्क आईईएलटीएस, पीटीई मक टेष्ट, निःशुल्क करियर काउन्स्लिङ, छात्रवृत्ति मूल्यांकन, वित्तीय र भिसा प्रक्रिया परामर्श, ईईएलटीएस, पीटीई र टोफल परीक्षा तयारी कक्षामा ३० प्रतिशतसम्म छुट, क्यास ब्याक अफर, कुइज र गिफ्ट ह्याम्पर पाउनुका साथै मिस नेपाल २०८० सँग भेटघाट गर्ने अवसर पाएको एईसीसी नेपालका कन्ट्री डाइरेक्टर शैलेश झाले बताए । 

मेला बिहीबार (असार ७ गते) चितवनमा र शुक्रबार (असार ८ गते) पोखरामा आयोजना हुँदैछ ।

Advertisement

Advertisement