देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा अदालतको आदेश मान्न सकिन्नः बालेन

Advertisement

काठमाडौं । काठमाडौं मानगरपालिकाका मेयर बालेन शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कानुन र अदालतको आदेशलाई मान्न नसकिने निकै ठूलो चुनौति दिएका छन् । 

उच्च अदालत पाटनले काठमाडौंभित्र हिन्दी फिल्महरु चल्न नदिने आफ्नो निर्णयलाई कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएपछि बालेनको यस्तो भनाई आएको हो । 

Advertisement

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ  । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु । तर फिल्म चल्दैन र चल्न दिइनेछैन् ।’ 

Advertisement

Advertisement