पोखरा । फेवातालमा सञ्चालन भएको ड्रागन बोट रेस प्रतियोगितामा नारा नेपाल टिम दोस्रो भएको छ । शनिबार भएको अन्तिम दिनको फाइनल प्रतियोगितामा नेपाल दोस्रो भएको हो।
नेपालको दुई टिम र चिनियाँ दुई टिमबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा भएको थियो । पोखरास्थित फेवा तालमा उपाधिको लागि भएको अन्तिम प्रतिस्पर्धामा सिचुवान पहिलो र नारा नेपाल टिम दोस्रो भए । दुई सय र पाँच सय मिटर दुबै खेलमा सिचुवान र नेपाल टिम पहिलो र दोस्रो भएका हुन् । युनान वोट टोली तेस्रो भयो ।
प्रतियोगितामा पाँच सय र दुई सय मिटरमा पहिलो हुने टिमले क्रमशः नगद पाँच लाख ५० हजार रुपियाँसहित ट्रफी, प्रमाणपत्र तथा दोस्रो हुनेले क्रमशः साढे तीन लाख र तेस्रो हुनेले दुई लाख रुपियाँ नगद पाएका छन् । प्रतियोगितामा बिजय टिमका सदस्यलाई जनही एक–एक लाख रुपियाँ, मेडल तथा प्रमाणपत्र पाए ।