महामन्त्री पद त्याग्ने गगन थापाको इच्छा, ‘दाग लागेको कांग्रेसको महामन्त्री बन्नु छैन्’

Advertisement

महामन्त्री पद त्याग्ने गगन थापाको इच्छा, ‘दाग लागेको कांग्रेसको महामन्त्री बन्नु छैन्’ 
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् । एउटै व्यक्ति ५–६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले काँग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको बताएका छन् । 

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा शनिबार थापाले आफूले व्यक्तिको नभई पार्टी नै बदल्ने कुरा गरेको बताए । उनले डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दावी समेत गरे । थापाले काँग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा पनि गरे । 

Advertisement

दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको बताउँदै उनले काँग्रेस बदलिए मात्रै देश बदलिने भएकाले काँग्रेस बदल्ने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । 

थापाले भने, ‘संसारमा एउटा त्यस्तो देश मलाई बताई दिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताईदिनुस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन । नेपालमा आज किन पुरानो पार्टी संकटमा छन् ? थाहा छ ? काँग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो । कुनै व्यक्तिको दोष होइन । तर यस्तो कहीँ हुन्छ ? २० वर्षदेखि, २५ वर्षदेखि, ३० वर्षदेखि नेता नबदल्ने कुनै पनि पार्टी हुँदैन । सबै ठाउँमा हुन्छ । यो डेमोक्रेसीमा कि लगातार चुनाव जितेको जित्यै हुन्छ । पार्टीहरु त्यसरी बन्दैन । पोलिटिक्समा पनि एक्जिटको व्यवस्था गरिएको हुन्छ । हामी कहाँ एक्जिटको व्यवस्था गरिएन् ।’ 

उनले थपे, ‘म उमेरको पनि कुरा गर्दिन् । काँग्रेसमा हामीभन्दा पनि पाको एकसेएक जोश भएको, सोच भएको नेताहरु हुुनुहुन्छ । हामी अमेरिकाको बाईडेनको कुरा गर्छौं । उमेर पनि होइन । त्यही अमेरिकामा एउटा व्यक्ति दुई पटक भन्दा बढि राष्ट्रपति नहुने परम्परा पनि छ नि त । प्रत्येक देशले केही न केही परम्परा बनाएको हुन्छ । कि दुई पटक भन्दा बढि राष्ट्रपति हुँदैन । बेलामा व्यक्ति चुनाव लडछ । चुनाव लडदै गर्दा पार्टीले संसदीय दलको नेता छान्छ । उसको नेतृत्वमा पार्टी चुनावमा जान्छ । पार्टीे बहुमत ल्याएन भने त्यो मान्छे भोलीपल्टबाट राजनीतिमा बस्दै बस्दैन । एक पटक प्रधानमन्त्री छोडेपछि ऊ फर्केर प्रधानमन्त्री हुन आउँदैन बेलायतमा । प्रत्येक देशले यस्तो केही न केही परम्परा बनाएका छन के । पद्धति बनाएका छन् । अनि मात्र डमोक्रेसी चल्छ ।’ 

नेपालमा असल राजनीतिक परम्परा बस्न नसकेको बताउँदै थापाले नेपालमा त्यो परम्परा कसले बसाउँछ ? भनी प्रश्न गरे । आफूले काँग्रेसभित्र विधि बसाल्ने, थिति बसाल्ने कुरा गरेको बताए । उनले यो कुनै गुटको कुरा होइन्, कुनै आदरको कुरा होइन भन्दै खुला छलफल गर्नु जरुरी रहेको बताए । 

थापाले भने, ‘नयाँ परम्परा र थिति बसाल्ने कुरा नगर्ने ? यो गर्यौं भने मलाई अहिले पनि के विश्वास छ भने कोही साथीहरु आत्तिनुपर्र्दैन । अघि नै यहाँ चर्चा भएको छ । आजको दिनमा नेपाली काँग्रेसले आत्मनिन्दा गरेर, काँग्रेस सक्कियो भनेर छाति पिटेर, रोएर, कराएर, बौलाएर हिँडेर पनि केही हुँदैन । सक्किएको छैन् । कसैले सक्काएर सकिदैन ।’ 

काँग्रेसले आत्म निन्दा गरेर पनि हुँदैन्, अहंकार पालेर पनि हुँदैन् भन्दै उनले काँग्रेसले आजको दिनमा गर्नुपर्ने भनेको आत्म अवलोकन हो भने । बदलिएको काँग्रेसले मात्रै देश बदल्नसक्ने थापाले बताए । उनले काँग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्ने बताए । थापाले भने, ‘म बदलिन तयार छु । म बदलिन तयार छ भनेको मैले पटकपटक भनेको छु– दाग लागेको काँग्रेसको महामन्त्री हुनु भन्दा सफा काँग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ ।’

Advertisement

Advertisement