साना किसान र आरएमडीसीको एकीकृत कारोबार: सीईओमा कोइराला, यस्तो बन्यो सञ्चालक समिति

Advertisement

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार आज असार २४ गतेबाट शुरु भएको छ । 

राष्ट्र बैंकले जेठ २४ गते अन्तिम स्वीकृति पाएका दुई कम्पनी मर्ज भएर साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार भएको हो । 

Advertisement

यी दुई लघुवित्त १००ः८७ शेयर स्वाप रेसियोमा मर्जरमा गएका हुन् । 

यसैबीच यी दुई संस्थामा मर्जमा गएको सूचनाका आधारमा आजैबाट दुबैको शेयर कारोबार रोकिएको नेप्सेकी सहायक प्रबन्धक सरिता पाण्डेयले उल्लेख गरेकी छिन् । 

सीईओमा कोइराला, यस्तो बन्यो सञ्चालक समिति 
दुई संस्था मर्ज भएसँगै साना किसानकै सीईओ डा. शिवरामप्रसाद कोइराला सीईओ कायम भएका छन् । त्यसैगरी सञ्चालक समितिको अध्यक्षमा खेमबहादुर पाठक र सदस्यहरुमा डा. बाबुकाजी थापा, जयेन्द्रविक्रम शाह, समता पन्त (भट्ट), उमेश लम्साल र भीमप्रसाद तिमलसिना चयन भएका छन् । 

Advertisement

Advertisement