‘भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजबाट म अपराधी भए, प्रधानमन्त्रीलाई भने छुट’

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतको साँस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजबाट सर्वोच्च अदालतले आफूलाई अपराधि बनाएको गुनासो गरेका छन् । 

सर्वोच्चले आइतबार दिएको तारेखको पर्चा देखाउँदै बालेनले आफूलाई अपराधि बनाउने र भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दै उनलाई छुट भएको बताएका छन् । प्रधानमन्त्री दाहालको विवादास्पद अभिव्यक्तिको संसद भित्र र बाहिर चर्को विरोध भइरहेको बेला आज प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच गोप्य भेटघाट भएर आन्तरिकरुपमा मिल्ने संकेत दिएका छन् । 

Advertisement

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज एउटा विशेश दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा । र, आजै, प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आजबाट अपराधी । जय होस यो देशको । 

Advertisement

Advertisement