बाँस्कोटाको प्रधानमन्त्रीलाई प्रश्न– तिरंगा झण्डा उठाउने कि चन्द्र सूर्य ?

Advertisement

काठमाडौं । नेकपा एमालेका साँसद गोकुल बाँस्कोटाले तिरंगा झण्डा उठाउने कि चन्द्र सूर्य ? भनेर प्रधानमन्त्री पु्ष्पकमल दाहाललाई प्रश्न गरेका छन् । सोमबार संसदमा उनले दाहालको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ‘तिरंगा झण्डा उठाउने कि चन्द्र सूर्यको झण्डा उठाउने ?’ प्रश्न गरेका हुन् ।

संसदको गतिरोध हटाउन प्रमुख प्रतिपक्षी नेकपा एमाले तयार भएसँगै आज बसेको बैठकमा बाँस्कोटाले मुलुकको र्वभौमसत्तामाथि आक्रमण हुँदा चुप बस्न सक्दैनैं भन्दै बस्दैनौं भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखे । 

Advertisement

उनले प्रतिनिधिसभामा ५७ दिनपछि मिटरब्याज सम्बन्धी अध्यादेश ल्याएको तर त्यो अनुमोदन भएन भनेर एमालेमाथि दोष थोपर्न खोजेको भन्दै भने, ‘हामीले अध्यादेश पारित होस् भनेर संशोधन पनि गरेनौं । तर तपाईंले स्वकीय सचिवालयको तर्फबाट विज्ञप्ति जारी गराउनुभयो ।’

Advertisement

Advertisement