नेपाली समाज दुष्टपूर्ण भयो, परपीडक भयो, भगवानसँग पनि डराउन छोड्यो मान्छेः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताए । 

ओलीले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै शतर्क हुनुपर्ने अवस्था आएको बताए । उनँले अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेहरुसँग रमाउन थालेको बताए । ओलीले आदिकवि भानुभक्त आचार्यको योगदान कुनै पनि कुराले कमजोर हुन नसक्ने बताए । 

Advertisement

उनले समाजमा अहिले भक्ति रस र नैतिकता हराउँदै गएको बताए । ओलीले भने, ‘एउटा रामायण मात्रैको अनुवादले पनि भानुभक्तले नेपाली समाजमा लगाएका गुन धेरै छन् । एउटा समाजलाई स्थितिमा मूल्य, नैतिकतामा बाँध्नका लागि प्रयास गरेको देखिन्छ । त्यसमा भक्तिरसतर्फ समाजलाई डोर्याउने कुराले राज्य कमजोर भएका बेला अहिले राज्य त्यस बेलाको भन्दा मजबुत छ । तर पनि भक्ति रस पनि भंग भयो । नैतिक रस पनि छैन् । भक्ति पनि समाप्त भयो । भगवानसँग पनि डराउन छोड्यो मान्छे ।’ नैतिकता पनि गुमायो, त्यसले अलि भद्रगोल, अराजकता, जथाभावी बोल्के कुरा, सत्य नचाहिने, असत्य बोल्दा आनन्द मान्ने, असत्यको बाटो अवलम्वन गर्दा गौरव गर्ने, झुट बोल्न पाउँदा, अर्कालाई पीडा दिन पाउँदा, आनन्द मान्ने परपीडक प्रवृत्ति बढेको छ । यस्तो परपीडक भन्दा कसैलाई पीडा नदिने खालको प्रवृत्ति नै ठिक हुन्छ ।’ 

उनले थपे, ‘उनको योगदान कुनैपनि कुराले कमजोर हुनसक्दैन, उनको योगदानको अवमूल्यन गर्न सकिँदैन, घटाएर हेर्न सकिँदैन । कतिपयले अंश कटाएर के प्रशारण गर्छ, के बोलेको देखाउँछ, एउटा अंशमात्रै बोलेको देखाउँदा त्यो अनर्थ पनि लाग्नसक्छ । अहिले नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण तरिकाले अवलम्वन गर्ने, अलिक सामाजिक मूल्यबाट विचलित भएको छ । त्यो चिन्ताको विषय हो । जसलाई आज हामीले सांस्कृतिक हिसावले, हाम्रो सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् समाज भनेर हामी सबै शतर्क हुनुपर्ने आवश्यकता छ ।’

अध्यक्ष ओलीले नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताए । 

Advertisement

Advertisement