राष्ट्रियस्तरका विकास बैंकप्रति राष्ट्र बैंकको कडा नीति

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहरुप्रति केही कडा नीति लिएको छ । आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार पुँजीकोष कायम गर्नुपर्ने नीति ल्याएको हो । 

पुँजीकोषसम्वन्धी विद्यमान व्यवस्थाका कारण बाणिज्य बैंकहरुलाई लगानी गर्न असहज हुँदै आएको बेला यो नीति विकास बैंकमा पनि लागू गरिएको हो । जबकी विकास बैंकहरुले बाणिज्य बैंकसरह सरकारी खाता सञ्चालन गर्न पाउनुपर्नेलगायतका सुविधाहरु माग गर्दै आएको छ । सो कुरामा राष्ट्र बैंक मौन छ । 

Advertisement

Advertisement

Advertisement