लक्ष्मी सनराइज बैंक सञ्चालक समितिका अध्यक्षले लिए सपथ

Advertisement

काठमाडौं । लक्ष्मी सनराइज बैंकका नयाँ अध्यक्ष रमन नेपालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग सपथ लिएका छन् । 

राष्ट्र बैंकमा आयोजित कार्यक्रममा रमन नेपालले सपथ ग्रहण गरेका हुन् । लक्ष्मी बैंक र सनराइज बैंक एक भएर गएको असार अन्तिम साता एकीकृत कारोबार गरेसँगै सञ्चालक समिति पनि नयाँ बनेको थियो । 

Advertisement

समितिले आफ्नो अध्यक्षमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपाललाई अध्यक्ष चयन गरेको थियो । 
 

Advertisement

Advertisement