काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।