सरकारको भ्रष्टाचारबिरोधी कदमले जनतामा नयाँ आशाको सञ्चार प्रधानमन्त्रीको दावी

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले भ्रष्टचारबिरुद्ध र सुशासनको पक्षमा गरेका महत्वपूर्ण कामहरुले जनतामा नयाँ आशाको रक्तसञ्चार गराएको जिकिर गरेका छन् । 

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उनले सरकारले पछिल्लो समय गरेका भ्रष्टाचारबिरुद्ध र सुशासनको पक्षमा चालेको कदमहरुले जनतामा नयाँ आशासहितको नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै गएको बताए । 

Advertisement

दाहालले ७ महिनाको अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरुले इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौति छिचोलेर पनि अघि बढ्न सकिन्छ भन्ने विश्वास आफूलाई दिएको बताए । उनले भने, ‘वर्तमान सरकार नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुसार बदलिएको व्यवस्था अनुसार जनताको दैनिक जीवन र अवस्था पनि बदल्न सामाजिक न्याय, सुशासन र समृद्धिको एउटा नयाँ यात्रातर्फ अगाडि बढ्ने जमर्को गरिरहेको छ । र, यस्तो सन्दर्भमा सरकार गठनको सात महिनाको अवधिसम्म पुग्दा जेजति मेहनत भएको छ, जे जति प्रयासहरु भएको छ, यसबाट जे जति उपलब्धिहरु हासिल हुँदैछन्, त्यसले देश र जनताको पक्षमा इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौति छिचोलेर जान सकिन्छ भन्ने विश्वास दिलाउँदै गएको छ ।’ 

प्रधानमन्त्री दाहालले सरकारले नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुसार नेपाली जनताको दैनिक जीवन र अवस्था बदल्ने जमर्को गरिरहेको समेत दोहोर्याए । 

Advertisement

Advertisement