बुद्धका विशाल मुर्तीहरु नष्ट गरिएको अफगानिस्तानको बामियानमा पर्यटक जान थाले

Advertisement

काठमाडौं । छैटौं तथा सातौँ शताब्दीमा, मध्ये अफगानिस्तानको बामियान उपत्यकामा चट्टान काटिएको बुद्ध मूर्तिकलाहरू संसारमा सबैभन्दा ठूलो मानिन्थ्यो । बामियान बुद्धको रूपमा सामुहिक रूपमा परिचित, दुई स्मारक मूर्तिकलाहरूले बौद्ध र गैर–बौद्ध आगन्तुकहरूलाई एक हजार वर्षभन्दा बढी समयदेखि चकित पारिरहेका थिए । 

सन् २००१ मा तालिबान शासक मुल्ला ओमरले सेना लगाएर बामियानका बुद्धमुर्ति संरचना ध्वस्त गर्न लगाएका थिए । यो ध्वंशले विश्वभर रहेका बौद्धमार्गीहरुलाई ठूलो चोट पुगेको थियो । साथै अफगानिस्तान शाषकको धेरै आलोचना पनि भएको थियो । बामियान बुद्धको विनाश मानव इतिहासको ठूलो क्षतिको रुपमा हेरिन्छ । तर अहिले दोश्रो पटक अफगानिस्तानमा शासन गरिरहेको तालिवान सरकारले बामियान उपत्यकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजिरहेको छ ।

Advertisement

तीन हजार मिटर उचाईमा रहेको अफगानिस्तानको बामियान प्रान्त पर्यटकले भरिन थालेको छ । आफ्नो बौद्ध संस्कृति र आकर्षक परिदृश्यको लागि प्रसिद्ध, मध्य प्रान्त बामियान दशकौंको युद्ध र गृहयुद्धमा नराम्ररी क्षतिग्रस्त भएको थियो । नष्ट गरिएका बुद्ध मुर्तीहरु पुनर्निर्माण गरेसँगै यस क्षेत्र बिस्तारै उठ्न खोजिरहेको छ ।  

यसलाई अर्को शब्दमा रमणीय बामियान प्रान्तले अफगानिस्तानको पर्यटक हबको रूपमा आफ्नो हैसियत बनाउन खोजिरहेको छ । लाखौं पर्यटकहरू यस प्रान्तको बन्द–ए–अमिर भ्रमण गर्न आउँछन् । यस क्षेत्रमा समुन्द्र सतहबाट करिब ३ हजार मिटर उचाइमा छ वटा प्राकृतिक तालहरूको श्रृंखला रहेको छ । धेरै  ऐतिहासिक स्मारकहरू रहेको यो उच्च भूमि शान्ति पुनःस्थापनासँगै फेरि पर्यटकको केन्द्रबिन्दु बनेको छ । मजार–ए–शरीफ सहरबाट बामियान प्रान्त घुम्न आएका पर्यटक हबिबुल्लाह मिर्जादले गर्मी छल्न र केही समय बिताउन राम्रो गन्तव्य भएको बताए । 

उनले भने, ‘म मजार–ए–शरीफ शहरबाट आएको हुँ । त्यहाँको मौसम तातो र उष्ण कटिबन्धीय थियो, तापक्रम ४६ डिग्री सेल्सियस छ । हाम्रो गन्तव्यहरूमध्ये एउटा बामियानको सुन्दर परिदृश्य हेर्नको लागि ब्यान्ड–ए–अमिर थियो । सुरक्षा अवस्था राम्रो छ । र हामीले कुनै सुरक्षा समस्याको सामना गर्नु परेन ।’

बामियानको रमाइलो वातावारण र मौसमले गर्मी छल्न आएका पर्यटकहरूलाई यसको पहाडी र रमणीय परिदृश्यको आनन्द पनि दिलाउँछ । अर्का पर्यटक अब्दुल बासिर अफगानिस्तानको सरिपुल प्रान्तबाट आएका हुन् सरिपुलमा धेरै गर्मी भएकोले बम्यानमा घुम्न र गर्मि छल्न आएको बताए । 

उनले भने, ‘म तातो मौसमबाट बच्न सारीपुल प्रान्तबाट आएको हुँ। आजकल सारी पुल धेरै तातो छ र तापक्रम ३९ देखि ४० डिग्री सेल्सियस छ । हाम्रो बामियान भ्रमणको उद्देश्य प्रकृतिको सौन्दर्य, विशेषगरी बन्द ए अमिरको आनन्द लिनु हो ।’

अफगानिस्तानका पर्यटन अधिकारीका अनुसार पछिल्लो दुई वर्षयता बामियान घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको संख्या निरन्तर बढेको छ । अहिलेसम्म हजारांै अफगानीसँगै एक हजार दुई सय विदेशी पर्यटकहरूले बामियान भ्रमण गर्न आफ्नो नाम दर्ता गराएको बताए । 

मोफ्लेहले जुन २९ बाट शुरु भएको इद अल–अजाहको बिदामा करिव ७० हजार पर्यटकले बामियान भ्रमण गरेको बताए । सिन्ह्वा–नान

Advertisement

Advertisement