प्राविधिक शिक्षाकाका लागि हिमालयन लाईफ र लर्डवुद्ध फाउण्डेसनले गरे सहकार्य

Advertisement

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि उक्त सहकार्य भएको हो ।

सम्झौता पत्रमा फाउण्डेसनका अध्यक्ष पङ्कज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सीईओ मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।

Advertisement

फाउण्डेशनमा सूचना प्रविधि तथा व्यवस्थापन विषयमा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले हिमालयन लाईफमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति गरिएको छ । यसरी विद्यार्थीहरूले पढाइका साथै रोजगारी समेत  पाउने फाउण्डेसनका अध्यक्ष जलानले बताए ।

फाउण्डेसनले एमबिए र  एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीको सिफारिसमा ६ जना विद्यार्थीलाई छात्रवृत्ति पनि उपलब्ध गराउने  छ । हिमालयन लाईफका सीईओ कर्णले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको बताए । 

Advertisement

Advertisement