प्रभु महालक्ष्मी लाइफद्वारा एक अर्ब ९० करोड रुपियाँ बराबरको बीमाशुल्क आर्जन

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले  गत आर्थिक वर्षमा तीन करोड रुपियाँले नाफा बढाएको छ । 

कम्पनीले आज गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्दै १० करोड ५० लाख रुपियाँ खुद नाफा आर्जन गरेको तथ्याङ्क सार्वजनिक गरेको हो । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा भने ७ करोड २६ लाख रुपियाँ मात्रै नाफा आर्जन गरेको थियो ।

Advertisement

कम्पनीले एक अर्ब ९० करोड रुपियाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने ८३ करोड १० लाख रुपियाँ बराबरको दाबी भुक्तानी गरेको छ ।  

कम्पनीको जीवन बीमा कोषमा सात अर्ब २४ करोड रुपियाँ रहेको छ भने अघिल्लो वर्ष तीन अर्ब ३ करोड रुपियाँ थियो । 

कम्पनीको चुक्ता पूँजी चार अर्ब २९ करोड रुपियाँ हुँदा प्रतिशेयर आम्दानी २ रुपियाँ ४५ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।  

Advertisement

Advertisement